
जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ।
मंसिर २४ गते सरकारलाई बुझाइएको प्रतिवेदनमा ८४ अर्ब ४५ करोड रुपैयाँ क्षति भएको उल्लेख छ।
सुरुमा ४४ जिल्लाको क्षतिको विवरण संकलन गरिने भनिएकोमा आंशिक क्षति पुगेका जिल्ला थप गरी कुल ५४ जिल्लाबाट क्षतिको तथ्यांक संकलन गरिने बताइएको छ।
सार्वजनिक क्षेत्रको पुनर्निर्माणका लागि करिब ४० अर्ब लाग्ने अनुमान गरेको उनले बताए। ‘कम क्षति भएको र तत्काल सेवा सुचारु गर्नुपर्नेलाई प्राथमिकता दिई पुनर्निर्माण गरिने उल्लेख छ।
यसका लागि आन्तरिक स्रोत नै परिचालन गर्ने भनिएको छ,’ डा. लुइँटेलले बताए। जेन-जी आन्दोलनको क्षति पछिको सम्पूर्ण पुनर्निर्माण आगामी ३ वर्षमा सक्ने अनुमान गरिएको छ।
