जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुमध्य १५३ जना अझै उपचारमै

स्वास्थ्य

 

जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुमध्य १५३ जना अझै विभिन्न अस्पतालहरूमा उपचारमै रहेको पाइएको छ। 

देशका विभिन्न अस्पतालहरूमा शनिबार दिउँसो ५ बजेसम्मको विवरण अनुसार १५३ जना घाइतेको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। 

उपत्यकाका ट्रमा सेन्टरमा २९, त्रिवि शिक्षण अस्पतालमा १७, काठमाडौँ मेडिकल कलेजमा १४ र नेपाल प्रहरी अस्पतालमा १२ जनाको उपचार भइरहेको छ। 

त्यस्तै उपत्यका बाहिर सबैभन्दा धेरै चितवन मेडिकल कलेजमा ८, गण्डकी मेडिकल कलेजमा ७, नेबोल मेडिकल कलेजमा ६ जना घाइतेको उपचार भइरहेको छ। देशभरका अस्पतालमा उपचारका लागि २ हजार ३ सय १६ जना पुुगेका थिए। उपचार पश्चात २ हजार १ जना घर फर्किसेका छन्। 

अस्पतालमा उपचारकै क्रममा ४८ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कुल ७४ जनाको मृत्यु भएको छ। 

एचटिभि टेलिभिजन