आलितालमा विकास नहुनु जनप्रतिनिधिको गल्ती की ? जनताको गल्ती ?

समाचार

 

डडेलधुरा जिल्लाको आलिताल गाउँपालिकामा हाल विकासका पूर्वाधारहरू अगाडि बढिरहेका छैनन्l के आलितालमा विकास नहुनुको कारण जनप्रतिनिधि नै हुन् ? या जनप्रतिनिधिहरूलाई चुन्ने जनताको कारणले हो। यो ठाउँ पाँचचोटि प्रधानमन्त्री बनिसकेका शेरबहादुर देउवाको गृह जिल्ला पनि हो।

यहाँ झन् विकास हुनुको साटो विकासका पूर्वाधारहरू ठप्प भएका छन् l डडेलधुरा जिल्ला भरिकै विकासका पूर्वाधारहरूमा पछाडि रहेको आलिताल गाउँपालिका हो। न त स्वास्थ्य राम्रोसँग पुगेको छ न त सडक नै खानेपानी र पुल पुलेसाका के कुरा गर्नु |

वर्षायाममा खोला आउँदा विद्यालय जान विद्यार्थीहरूले कठिनाइ झेल्नु परेको छ | विद्यार्थीहरूलाई त छँदैछ जनताहरूलाई पनि वारपार गर्न समस्या परिरहेको छ | खोला आउने स्थानहरूमा पुल निर्माण गर्छौं भनेर आलिताल गाउँपालिकाका अध्यक्ष शेर सिंह पार्कीले याचटीभी टेलिभिजन सँग कुराकानी गर्दै आफ्ना अभिव्यक्ति दिएका थिए | अहिले एक वर्षभन्दा बढी बित्दा पनि पुलको काम अगाडि बढेको छैन।

आलिताल गाउँपालिकामा यो मात्र समस्या नभई धेरै समस्याहरू छन्।

1. खानेपानी
2. स्वास्थ्य
3. सडक

अलिताल गाउँपालिकाका मुख्य समस्या भनेकै यिनै हुन् ?

सडक

अलिताल गाउँपालिकाको वडा नम्बर ७ खिन्नेभाडी जाने सडक अझैसम्म पनि बनेको छैन। वर्षायाममा बाढी पहिरो आउँदा गाडी चल्न बन्द हुन्छन् र जनताहरूले शास्ति खेप्नुपर्छ | जनताहरू बिरामी पर्दा अस्पतालसम्म पुगाउन पनि न त सडक राम्रो छ न त स्ट्रक्चर नै पुगेको छ।

स्वास्थ्य/ खानेपानी

आलताल गाउँपालिकामा स्वास्थ्यको पनि धेरै समस्या रहेको छ। कुनै कुनै स्थानमा त स्वास्थ्यचौकी पनि पुगेको छैन। खानेपानीको पनि उत्तिकै समस्या छ। पानी नहुँदा जनताहरूले टाढा टाढा पुगेर पानी ल्याउनु परेको छ। यी विकासका पूर्वाधारहरू अगाडि नबढ्दा जनप्रतिनिधिको गल्तीकी जनताको | जनताहरूले यिनै जनप्रतिनिधिहरूलाई नचुनेको भए यस्तो दुःख खेप्नुपर्ने थिएन |

अब यसमा जनप्रतिनिधिको गल्ती भन्ने कि जनताको ? जे होस् जनप्रतिनिधि भइसकेपछि विकासका पूर्वाधारहरू अगाडि बढाउनै पर्छ। यस विकासका पूर्वाधारहरूको निर्माणमा सरोकारवालाको ध्यान जाओस्।

हिमानि सेटि